विश्वकै चौथौ धनी बिल गेट्स बने अमेरिकाको ठूला किसान-Sutra News

विश्वकै चौथौ धनी बिल गेट्स बने अमेरिकाको ठूला किसान

आइतबार, ४ माघ २०७७

आइतबार, ४ माघ २०७७

काठमाडौं । माइक्रोसफ्टका संस्थापक तथा विश्वकै चौथो धनी व्यक्ति बिल गेट्स अमेरिकाका सबैभन्दा ठूला किसान बनेका छन् । उनले अमेरिकाको १८ राज्यमा कूल २ लाख ४२ हजार एकड खेती खरिद गरेसँगै सबैभन्दा ठूला किसान बन्न सफल भएका हुन् ।



‘डेली मेल’ले तयार पारेको सन् २०२० एक अध्ययनअनुसार बिल गेट्सले यति धेरै जमिन खरिद गरेका हुन् । यसअघि उनले हर्स हेवेन हिल्स क्षेत्रमा १४ हजार पाँच सय एकड जमिन खरिद गरेका थिए । यसका लागि उनले २ लाख एक सय ६० करोड रुपैयाँ खर्च गरेको समाचार जनाइएको छ । योसहित उनको कूल जमिन २ लाख ६८ हजार नौ सय ८४ एकड पुगेको छ ।

बिल गेट्सले यति धेरै कृषिका लागि उपयोगी भूमि किन खरिद गरे भन्ने बारे खुलाइएको छैन । उनले यी जग्गाहरु सन् २०१८ मा किन्दै गर्दा अमेरिकामा सबैभन्दा धेरै रकममा भूमि खरिदको रेकर्ड बनाएको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट