प्रदेश १ का मुख्यमन्त्री राईले प्रेम विवाह गर्दै-Sutra News

प्रदेश १ का मुख्यमन्त्री राईले प्रेम विवाह गर्दै

शनिबार, ३ माघ २०७७

शनिबार, ३ माघ २०७७

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आगामी माघ ११ गते विवाह बन्धनमा बाँधिने भएका छन् । उनले सन् २०१८ मा ‘मिस मंगोल नेपाल’ बनेकी ज्याङ्मु शेर्पासँग विवाह गर्ने भएका हुन् ।



४९ वर्षीय राई विं.सं. २०६५ सालमा भोजपुरबाट सांसद बनेसँगै राजनीतिमा सक्रिय हुँदै आएका छन् । उनी तत्कालीन एमालेको जिल्ला सचिव, अध्यक्ष, केन्द्रीय सदस्य, पोलिटव्यूरो सदस्य र संघीय सरकारको मन्त्री हुँदै प्रदेश १ का मुख्यमन्त्री भएका हुन् ।

उनीहरुले प्रेम विवाह गर्न लागेका हुन् । मुख्यमन्त्री राईको पुर्खौली घर भोजपुर हो भने जाङ्मु संखुवासभाकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट