प्रतिगमनविरुद्ध प्रज्ञामा कला प्रदर्शनी, लगाइयो यस्तोसम्म नारा-Sutra News

प्रतिगमनविरुद्ध प्रज्ञामा कला प्रदर्शनी, लगाइयो यस्तोसम्म नारा

मंगलबार, २८ पौस २०७७

मंगलबार, २८ पौस २०७७

काठमाडौं- प्रतिनिधिसभा विघटनको विरोधमा कला प्रदर्शनी गरिएको छ । मंगलबार नेपाल प्रज्ञाप्रतिष्ठानको डबलीमा कलाकारहरुले प्रतिनिधिसभा विघटनको विरोधमा फरक प्रकारले प्रदर्शन गरेका हुन् ।



नागरिक समाजका अगुवा तथा सर्वसाधारणको उपस्थितिमा प्रतिनिधिसभा विघटनको विरुद्ध कविता, नाटक, चित्र प्रदर्शनीलगायत प्रस्तुत गरिएको थियो ।

उक्त कार्यक्रममा ‘जनता रोगले ग्रस्त छन्’, ‘ओली गफमा मस्त छन्’, ‘उखान टुक्का गल्फत्ती’, ‘देश होइन तिम्रो सम्पति’, ‘संसद विघटन रातारात देश डुबाउन तिम्रो हात’, ‘प्रतिनिधिसभा पुर्नगठन सर्वोच्चले गर’ सम्बोधन लगायतका नारा लेखिएका प्लेकार्ड सहित कलाकारहरुले प्रस्तुति राखेका थिए ।

प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलनको निरन्तर श्रृङ्खलाअन्र्तगत यस कार्यक्रम गरिएको आयोजकले जनाएको छ । विरोध प्रदर्शनीमा सडक नाटकले देशको अहिलेको अवस्था देखाउन खोजिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट