घरायसी विवादमा चक्कु हानेर श्रीमानको हत्या-Sutra News

घरायसी विवादमा चक्कु हानेर श्रीमानको हत्या

सोमबार, १३ पौस २०७७

सोमबार, १३ पौस २०७७

रुकुम (पश्चिम)- रुकुम (पश्चिम) मा मुसिकोट नगरपालिका–८ घोरखानी, किटेनीका चित्रबहादुर थापाको हत्या भएको छ । उनान्चालिस वर्षीय श्रीमान्को हत्या गरेर एक महिलाले आफैँ प्रहरीको सम्पर्कमा आएको बताएकी छन् ।



किटेनीकी ५० वर्षीया डल्ली बुढा आफूले श्रीमानको हत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा आएकी हुन् । घरायसी विवादमा धारिलो चक्कु हानेर पति थापाको हत्या गरेको प्रारम्भिक वयान दिएको प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए ।

आइतबार बिहान ४ बजे हत्या गरी बेलुकी ५ः१५ बजेतिर आफूले श्रीमान्को हत्या गरेँ भन्दै आफैँ कार्यालयमा आएको प्रनाउ केसीले बताए ।

त्यसपछि प्रहरी निरीक्षक कपिल शाहीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पठाइएकामा थापाको शव आफ्नै घरभित्रै भेटिएको प्रनाउ केसीले जानकारी दिए ।

श्रीमती डल्लीलाई नियन्त्रणमा लिएर कानूनी प्रक्रिया थालिएको र शव परीक्षणका लागि जिल्ला अस्पताल सल्लेमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट