आजको मौसमः बाक्लो हुस्सु र कुहिरोका कारण सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने-Sutra News

आजको मौसमः बाक्लो हुस्सु र कुहिरोका कारण सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने

शुक्रबार, ३ पौस २०७७

शुक्रबार, ३ पौस २०७७

काठमाडौं- मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहानीपख पश्चिम तराईका अधिकांश स्थानमा बाक्लो हुस्स/कुहिरो लागेको छ । बाँकी तराई भेगका एक/दुई स्थानमा भने हल्का मात्र हुस्सु/कुहिरो देखिएको छ ।



शुक्रबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले देशभर तापक्रममा हल्का गिरावट आई चिसो बढ्न सक्ने हुनाले त्यसबाट बच्ने उपाय अपनाउन हुन सबैमा अनुरोध गरेको छ ।

साथै तराईका अधिकांश भूभागमा तथा पहाडका केही भूभागमा बिहानीपख हुस्सु तथा कुहिरोका कारण वायुको पारदर्शितामा कमी हुने जानकारी दिंदै महाशाखाले सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट