चितुवाको आखेटोपहार र जीवित सुनगोहोरोसहित दुई पक्राउ-Sutra News

चितुवाको आखेटोपहार र जीवित सुनगोहोरोसहित दुई पक्राउ

बिहिबार, २ पौस २०७७

बिहिबार, २ पौस २०७७

काठमाडौं- नेपाल प्रहरीले संरक्षित वन्यजन्तु चितुवाको आखेटोपहार र जीवित सुनगोहोरोसहित दुई जनालाई पक्राउ गरेको छ ।



प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले टोखा नगरपालिका–२ चण्डेश्वरीमा संरक्षित वन्यजन्तु चितुवाको आखेटोपहार र जीवित सुनगोहोरोसहित मोरङका ४१ वर्षीय भेषबहादुर थापा र मोरङकै ४६ वर्षीय डिल्लीराम पौडेललाई मंगलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले चितुवाको आखेटोपहार र सुनगोहोरो अवैधरुपमा ओसारपसार र बेचबिखन गर्न लागेको विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेकासँग जीवित सुनगोहोरो आठ वटा र चितुवाको आखेटोपहार एक थान बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज कार्यालय बूढानीलकण्ठ पठाइएको ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट