चन्द समूहका ब्यूरो सदस्य पक्राउ-Sutra News

चन्द समूहका ब्यूरो सदस्य पक्राउ

बुधबार, १ पौस २०७७

बुधबार, १ पौस २०७७

कर्णाली- नेत्र विक्रम चन्द समूहका सेती–महाकाली ब्यूरो सदस्य गणेश ढकाललाई प्रहरीले आज पक्राउ गरेको छ ।



प्राप्त सूचनाका आधारमा कैलालीको लम्कीचुहा नगरपालिकास्थित आफ्नै घरबाट उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतिक विष्टले जानकारी दिए ।

केही महिनाअघि उक्त समूहका सेती-महाकाली ब्यूरो प्रमुख ओमप्रकाश पुनलाई पनि प्रहरीले पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट