हुस्सुका कारण धनुषामा ट्याक्टर पल्टियो,चालकको मृत्यु-Sutra News

हुस्सुका कारण धनुषामा ट्याक्टर पल्टियो,चालकको मृत्यु

मंगलबार, ३० मंसिर २०७७

मंगलबार, ३० मंसिर २०७७

धनुषा- बाक्लो हुस्सुको कारण धनुषामा टयाक्टर पल्टिँदा धनुषामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा विदेह नगरपालिका–५, मुडिबाका ३५ वर्षीय दिलीप पासवानको मृत्यु भएको हो ।



गएराति सहिदनगर नगरपालिकाको हठीपुरबाट ज १ त ६९६३ नम्बरको ट्याक्टर चलाएर आफ्नो घर फर्किरहेको बेला हुस्सुको कारण बाटो नदेखिएर ट्याक्टर पल्टिएको जिल्ला प्रहरी कार्यालय धुनषाले जानकारी दिएका छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका पासवनको उपचारको लागि जनकपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट