बाँकेमा कोरोनाबाट ३३ को मृत्यु-Sutra News

बाँकेमा कोरोनाबाट ३३ को मृत्यु

सोमबार, १७ कार्तिक २०७७

सोमबार, १७ कार्तिक २०७७

राँझा- बाँकेमा कोरोना माहामारी संक्रमणकबाट मृत्यु हुनेको संख्या ३३ पुगेको छ । पछिल्लोपटक कोराना भाइरसबाट गएराति नेपालगञ्ज उपमहानगरपालिका–१६ निवासी ७० वर्षीय महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।



नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत महिलाको गएराति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि कात्तिक १२ गते अस्पताल भर्ना भएकी ती महिलामा कार्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएलगत्तै भेरी अस्पतालको कोरोना वार्डमा भर्ना गरी उपचारकै क्रममा मृत्यु भएको हो ।

बाँकेमा कोरोना संक्रमितको संख्या तीन हजार १६८ रहेकामा दुई हजार ८८६ जना निको भएर घर फर्किसकेका छन् । बाँकेमा अहिले सक्रिय संक्रमितको संख्या २५३ पुगेको स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट