चितवनमा कोरोना संक्रमणबाट दुई वृद्धको मृत्यु-Sutra News

चितवनमा कोरोना संक्रमणबाट दुई वृद्धको मृत्यु

शुक्रबार, १४ कार्तिक २०७७

शुक्रबार, १४ कार्तिक २०७७

चितवन- चितवन मेडिकल कलेजमा उपचाररत  कोरोना सङ्क्रमणबाट दुई वृद्धको मृत्यु भएको छ ।  मृत्यु हुनेमा एक चितवनका र अर्का रुपन्देहीका  छन् ।



अस्पतालका अनुसार रत्ननगर नगरपालिका–९ का ८८ वर्षीय कोरोना सङ्क्रमित वृद्ध रहेका छन् । उच्च रक्तचाप र मधुमेहको समस्या भएका उनी अस्पतालमा कात्तिक ११ गते भर्ना भएका थिए । उनको स्वाब परीक्षण गर्दा १२ गते कोरोना पुष्टि भएको थियो । 

अस्पतालको कोभिड सघन उपचार  कक्षमा उपचारको क्रममा  आज बिहान ६.५४मा उनको मृत्यु भएको अस्पतालका प्रेस संयोजक डा किशोर अधिकारीले जानकारी दिए । 

यस्तै अर्का रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका–८ का ८४ वर्षीय वृद्धको  कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । अस्पतालका अनुसार उनी कात्तिक ३ गते कोरोना पुष्टि भएर ११ गते अस्पताल भर्ना भएका थिए । 

ज्वरो, उच्च रक्तचाप र श्वासप्रश्वासको समस्या भएका उनको बिहीबार राति ११.४७ बजे मृत्यु भएको डा.अधिकारीले जानकारी दिए ।  उनको  स्वास्थ्यमा जटिल समस्या भएपछि कोभिड सघन उपचार कक्षमा राखेर उपचार हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट