शान्ति व्यवस्थामा खलबल पु-याएको आरोपमा कंगनाविरुद्ध उजुरी दर्ता-Sutra News

शान्ति व्यवस्थामा खलबल पु-याएको आरोपमा कंगनाविरुद्ध उजुरी दर्ता

बुधबार, २८ असोज २०७७

बुधबार, २८ असोज २०७७

एजेन्सी- बलिउड अभिनेत्री कंगना रनौतविरुद्ध कर्नाटकमा उजुरी दर्ता भएको छ। कृषि विधेयकको विरोधमा प्रदर्शन गरेका किसानलाई लक्षित गरी कंगनाले गरेको ट्वीटलाई लिएर कर्नाटकमा उजुरी दर्ता भएको हो। स्थानीय अदालतको आदेश अनुसार प्रहरीले तुमाकूरु जिल्लामा उजुरी दर्ता गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।



भारतको अपराध संहिता (आइपिसीं) को धारा १०८, १५३ (ए) र ५०४ को आधारमा कंगनाविरुद्ध उजुरी परेको हो। उनीमाथि सामाजिक विभाजन गर्ने, उक्साउने तथा शान्ति व्यवस्था खलबल बनाउने खालको ट्वीट गरेका कारण आरोप दर्ता गरिएको हो।

तुमाकूरी जिल्ला अदालतले अक्टोबर ९ मा आरोप दर्ता गर्न भनेको थियो। वकिल एल रमेश नायकले कंगनाले सेप्टेम्बर २१ मा गरेको ट्वीटलाई लिएर उजुरी गरेका हुन्।

कंगनाले सो ट्वीटमा कृषि विधेयकको विरोधमा प्रदर्शन गर्नेहरु सिएएको विरोधमा प्रदर्शन गर्नेहरु जस्तै ‘आतंककारी’ रहेको उल्लेख गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट