६ महिनापछि सुरु भयो आन्तरिक उडान (फोटोफिचर)-Sutra News

६ महिनापछि सुरु भयो आन्तरिक उडान (फोटोफिचर)

सोमबार, ५ असोज २०७७

सोमबार, ५ असोज २०७७

काठमाडौं– कोभिड–१९ महामारी नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको ६ महिनापछि आन्तरिक उडान सुरु भएको छ।



बन्दाबन्दी सुरु भएको गत चैत ११ देखि साउन ६ गतेसम्म तथा त्यसयता जारी भएको निषेधाज्ञाका कारण झण्डै छ महिना आन्तरिक उडान ठप्प भयो।

सामान्य अवस्थाको २५ प्रतिशत मात्रै उडान गर्नेगरी सरकारले आन्तरिक उडान सञ्चालन गरेको हो। एक सातापछि क्रमशः उडान संख्या थपिने नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

वायु सेवा प्रदायक कम्पनीले पनि पहिलो साता २५ प्रतिशत उडान हुने र क्रमशः यात्रुको माग र बजारको आवश्यकतालाई मध्यनजर गर्दै उडान संख्या बढाइने बताएका छन्।

आन्तरिक उडान सुरु भएसँगै विमानस्थलमा चहल पहल बाक्लिएको छ। बन्दाबन्दी र निषेधाज्ञाको अवस्थामा सीमित संख्यामा चार्टर्ड र कार्गो उडान मात्र भएको आन्तरिक उडानमा नियमित उडान सेवा सुरु भएपछि आम सर्वसाधरणलाई गन्तव्य पुग्न सहज हुनेछ।

आन्तरिक उडान सुरु भएसँगै सबैजसो एयरलाइन्सको पहिलो रोजाइ पर्यटकीय क्षेत्र पोखरा, चितवनलगायत गन्तव्य छन्। आज बुद्ध एयरले पहिलो उडान पोखरामा गरेको छ।

बिहान ८ः०० बजे बुद्धको एटिआर ७२ जहाजले ५६ यात्रु लिएर पोखरा उडेको कम्पनीले जनाएको छ। यो उडानमा प्राधिकरणका उच्च अधिकारी, वायुसेवा सञ्चालक सङ्घका पदाधिकारीलगायत पनि पोखरा गएका छन्। बुद्धले काठमाडौंबाट विभिन्न गन्तव्यमा आज १८ उडान गर्दैछ। कम्पनीले राजविराजवाहेक सबै गन्तव्यमा उडान भर्ने जनाएको छ।

यती एयरलाइन्सले पनि पहिलो उडान पोखरा गर्दैछ। यतीले आज तीन उडान पोखरा, भरतपुर र विराटनगर उडान गर्नेछ। यता नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्सले असोज ५ गतेदेखि सञ्चालन हुने आन्तरिक उडानको तालिका सार्वजनिक गरेको छ। निगमले काठमाडौँदेखि देशका विभिन्न १० गन्तव्यमा हुने उडान तालिका बनाएको हो।

119928263_367404487627543_7434125410359085797_n.jpg119915785_763886390854898_1728250297567507011_n.jpg119945561_725201778031411_354228088976073173_n.jpg119910708_349165736203910_2877961881936754012_n.jpg119949019_1059893604429185_3394445374909157662_n.jpg119943454_965614533955717_893304994442030274_n.jpg119959764_2841465542740404_4878696553181149698_n.jpg

119906187_605780480099448_2620860192156831586_n.jpg119928046_336139567802689_3582322706452929402_n.jpg

119994240_736718966884003_4885818087104324722_n.jpg

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट