इन्द्रजात्राको छैन उल्लास, वसन्तपुर सुनसान (फोटोफिचर)-Sutra News

इन्द्रजात्राको छैन उल्लास, वसन्तपुर सुनसान (फोटोफिचर)

मंगलबार, १६ भाद्र २०७७

मंगलबार, १६ भाद्र २०७७

काठमाडौं- काठमाडौं उपत्यकामा सांस्कृतिक पर्व इन्द्रजात्रा मनाइँदै छ। तर,कोरोना संक्रमणको जोखिमका कारण काठमाडौं, भक्तपुर, ललितपुरमा निषेधाज्ञा जारी गरिएकाले इन्द्रजात्राको उल्लास छैन।



वर्षा र सहकालका देवता इन्द्र र जीवित देवीका रूपमा मानिएकी कुमारीको पूजाआरधना गरेर इन्द्रजात्रा मनाइन्छ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यस पर्वमा देवराज इन्द्रको पूजाअर्चना, जीवितदेवी कुमारी, गणेश र भैरवको रथयात्रा एवं विभिन्न देवीदेवताको पूजा गरिन्छ।इन्द्रध्वजाको लिंगो ठड्याएपछि सुरु भएको इन्द्रजात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ।

इन्द्रध्वजाको लिंगो ठड्याएको आठौँ दिनपछि ‘इन्द्रध्वज पतन’ गर्ने अर्थात् लडाउने विधान रहेको छ। इन्द्रजात्रा अवलोकन गर्न राष्ट्राध्यक्ष बसन्तपुर दरबार क्षेत्र जाने प्रचलन रहीआएको छ। तर, यतिबेला वसन्तपुर क्षेत्र सुनसान बनेको छ ।

तस्बिरमा हेर्नुहोस् वसन्तपुर

basantapur 10 .jpg

basantarpur 8 .jpg

basantapur 2 .jpg

basantapur 3 .jpg

basantarpur 4 .jpg

basantarpur 5 .jpg

basantapur 6 .jpg

basantapur 7 .jpg

basantapur 11 .jpg

banntrapur 12 .jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट