बढ्यो सुनको भाउ-Sutra News

बढ्यो सुनको भाउ

बिहिबार, ११ भाद्र २०७७

बिहिबार, ११ भाद्र २०७७

काठमाडौं–निरन्तर ओरालो लागेको सुनको मूल्य बिहीबार बढेको छ। बिहीबार छापावाला सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले बढेर ९७ हजार छ सय रुपैयाँ काय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। बुधबार यसको मूल्य प्रतितोला ९६ हजार आठ सय रुपैयाँ थियो।



यता तेजावी सुनको मूल्य पनि प्रतितोला आठ सय रुपैयाँले नै बढेर ९७ हजार एक सय रुपैयाँ कायम भएको छ। बुधबार यसको मूल्य ९६ हजार तीन सय रुपैयाँ थियो। यता चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेर १ हजार तिन सय ४५ रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट