चार सयले घट्यो सुनको मूल्य-Sutra News

चार सयले घट्यो सुनको मूल्य

आइतबार, ७ भाद्र २०७७

आइतबार, ७ भाद्र २०७७

काठमडौं–नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । गत शुक्रबारको तुलनामा तोलामा चार सय रुपैयाँले गिरावट आएको हो।



नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाल सुन तोलाको ९८ हजार ४ सय रुपैयाँ कायम गरेको छ। गत शुक्रबार ९८ हजार ८ सयमा छापावाल सुनको कारोबार भएको थियो।

यस्तै तेजाबी सुनको भाउ पनि घटेर तोलाको ९७ हजार ९ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार तोलाको ९८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले गिरावट आएको छ। गत शुक्रबार तोलाको १३ सय ७० मा कारोबार भएको चाँदी आइतबार तोलाको १३ सय ४५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट