साताको अन्तिम दिन नेप्से सकारात्मक-Sutra News

साताको अन्तिम दिन नेप्से सकारात्मक

बिहिबार, ४ भाद्र २०७७

बिहिबार, ४ भाद्र २०७७

काठमाडौं- हप्ताको अन्तिम दिन सेयर बजार सामान्य बढेर बन्द भएको छ। नेप्सेका अनुसार आज बजार ६.२८ अंकले बढेर १३९७.५७ बिन्दुमा गएर रोकिएको छ।



अघिल्ल्लो दिन सेयर बजार घट्दा निषेधज्ञाको मनोवैज्ञानिक त्रास हाबी होलाकी भन्ने अनुमान गरिएको थियो। तर बजारले आज सकारात्मक बाटो तय गरेको छ।

आज १८२ वटा कम्पनीको सेयर ३९ करोड ३१ लाख २९ हजार ३८ रुपैयाँ बराबरको कारोबार भएको छ। यस्तै १२ लाख १४ हजार ५१४ कित्ता सेयर किनबेच भएका छन्। आज १२ समूहमध्ये १० समूहको सेयरले उकालो यात्रा तय गरको छ भने २ वटा समुहको सेयर कारोबार घटेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट