सर्वोच्चका थप एक कर्मचारीमा सङ्क्रमण-Sutra News

सर्वोच्चका थप एक कर्मचारीमा सङ्क्रमण

मंगलबार, २ भाद्र २०७७

मंगलबार, २ भाद्र २०७७

काठमाडौं- सर्वोच्च अदालतका एक कर्मचारीमा आज कोरोना सङ्क्रमण पुष्टि भएको छ। सर्वोच्च अदालतमा सहप्रवक्ता देवेन्द्र ढकालकाअनुसार शनिबार अदालतमा सेवाग्राहीसँगको सम्पर्कमा रहेर काम गर्नुपर्ने १८० जनाको स्वाब परीक्षण गरिएको थियो। त्यसमध्ये एकजना कर्मचारीमा सङ्क्रमण पुष्टि भएको हो।



सर्वोच्च अदालतमा यसअघि १८२ जनाको स्वाब परीक्षण गर्दा एक सवारी चालक र एकजना न्यायाधीशको सुरक्षाकर्मी गरी दुई जनामा कोरोना पुष्टि भएको थियो। यो सँगै सर्वोच्च अदालतमा तीनजना व्यक्ति कोरोना सङ्क्रमित भएका छन्।

कोभिड–१९ को महामारीका बेला तीनजना कर्मचारीमा सङ्क्रमण पुष्टि भएपछि न्यायलयमा काम गर्ने कर्मचारमिा त्रास बढेको छ। त्रास बढेसँगै अदालतले अत्यावश्यक सेवा मात्र दिने निर्णय यसअघि नै गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट