सरकारले एडीबीबाट थप २४ अर्ब ऋण लिँदै-Sutra News

सरकारले एडीबीबाट थप २४ अर्ब ऋण लिँदै

मंगलबार, २ भाद्र २०७७

मंगलबार, २ भाद्र २०७७

काठमाडौं- नेपाल सरकारले एसियाली विकास बैंकबाट २४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण लिने भएको छ। अन्तरदेशिय विद्यूत प्रसारण तथा वितरण प्रणालीका लागि यो ऋण लिन अर्थ मन्त्रालयलाई स्वीकृति दिने निर्णय भएको अर्थ मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए।



सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै अर्थमन्त्री डा. खतिवडाले उक्त जानकारी दिएका हुन्। उता, नर्वे सरकारबाट प्राप्त हुने ४ अर्ब रुपैयाँ अनुदानसमेत स्वीकार गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको उनले जानकारी दिएका छन्। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट