मंगलबार सेयर बजार सकारात्मक-Sutra News

मंगलबार सेयर बजार सकारात्मक

मंगलबार, २ भाद्र २०७७

मंगलबार, २ भाद्र २०७७

काठमाडौं- मंगलबार सेयर बजारले उकालो यात्रा तय गरको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ५.६८ अंकले बढेर एक हजार ४०७.८९ बिन्दुमा पुगेको छ। नेप्से ०.४१ प्रतिशतले बढेको हो। यस्तै सेन्सेटिभ परिसूचक ०.२३ अंकले घटेर २८९.७७ मा पुगेको छ।



कूल १८९ वटा कम्पनीको ४१ लाख १४ हजार ५ सय १२ कित्ता सेयर खरिद-बिक्री हुँदा १ अर्ब २३ करोड ९० लाख १७ हजार ४ सय २६ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ७ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी ५ वटा उपसमूहको सेयर भने घटेको छ।

त्यसैगरी, मंगलबार कारोबार रकमको आधारमा नागरिक लगानी कोषले अग्रता कायम गर्न सफल भएको छ। कोषको १६ करोड ५८ लाख ९९ हजार ७ सय १९ रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट