बीमा कम्पनी, जसलाई फाप्यो महामारी-Sutra News

बीमा कम्पनी, जसलाई फाप्यो महामारी

सोमबार, १ भाद्र २०७७

सोमबार, १ भाद्र २०७७

काठमाडौं- नेप्सेमा सूचीकृत भएका १३ वटा निर्जीवन बीमा कम्पनीले आर्थिक वर्ष २०७६-७७ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन्। कोरोनाका कारण यस त्रैमासमा बैंकलगायत वित्तीय क्षेत्रको अवस्था खस्किरहेको विवरण सार्वजनिक भइरहँदा निर्जीवन बीमाहरुको नाफा भने बढेको देखिएको छ। 



महामारीको समयमा पनि १३ वटा निर्जीवन कम्पनीमध्ये १२ वटा कम्पनीले नाफा बढाउन सफल भएका छन्। यता लुम्बिनी जनरल इन्सुरेन्स कम्पनीको नाफा भने घटेको छ।

कुन कम्पनीको वित्तीय अवस्था कस्तो ?

भर्खरै आइपीओ निष्काशन गरेको अजोड इन्सुरेन्स कम्पलीले असार मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले यो त्रैमाससम्म रु ६ करोड २० लाख खुद नाफा कमाएको छ। नाफा अघिल्लो वर्षभन्दा ५०.५८ प्रतिशतले धेरै हो। यसको खुद बीमा शुल्क पनि ७९.१७ प्रतिशतले बढेर २७ करोड ७९ लाख रुपैयाँ पुगेको छ।

बीमा कोषको आकार पनि बढाएर ६ करोड १६ लाख रुपैयाँ  पुर्‍याएको छ। यता अजोडको चुक्ता पुँजी ७१ करोड ५० लाख रुपैयाँ छ। यसले असार २५ गतेबाट ३० गतेसम्म ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ निष्कासन गरेको थियो। आइपीओ बिक्रीपछि चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुगेको छ।

यसको रिजर्भ कोषमा ४ करोड ५४ लाख रुपैयाँ छ। अजोडले महाविपत्ति कोषका लागि पनि ७० लाख रुपैयाँ छुट्याएको छ। यसको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ६८ पैसा र प्रतिसेयर नेटवर्थ ११५ रुपैयाँ ९७ पैसा रहेको छ। कम्पनीको अहिले दोस्रो बजारमा सेयर कारोबार हुन थालिसकेको छ। 

एभरेष्ट इन्सुरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा ३८१.५२ प्रतिशतले बढाएर १९ करोड ३१ लाख ३९ हजार रुपैयाँ खुद नाफा सफल भएको छ। असार मसान्तसम्म आइपुग्दा यस इन्सुरेन्सको बीमा कोषको आकार ४१.६५ प्रतिशतले बढेर ३२ करोड ६७ लाख ४४ हजार रुपैयाँ पुगेको छ।

यता, कम्पनीको खुद बीमा शुल्क भने ४.९७ प्रतिशतले बढेर मसान्तसम्ममा ४० करोड ८५ लाख ९५ हजार रुपैयाँ पुगेको हो। असार मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी वार्षिक १७ रुपैयाँ ६२ पैसा र प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ रहेको छ।

हिमालय जनरल इन्सुरेन्स कम्पनीकोले पनि अघिल्लो वर्षभन्दा नाफा बढाउन सफल भएको छ। यो इन्सुरेन्सले असार मसान्तसम्म १७ करोड ३० लाख रुपैयाँ नाफा कमाएको छ। यो नाफा गत वर्षभन्दा १४.४५ प्रतिशतले थोरै हो।

यता कम्पनीको खुद बीमा शुल्क १.८१ प्रतिशतले घटेर २७ करोड ४१ लाख ५१ हजार रुपैयाँमा आइपुगेको छ। कम्पनीको यस त्रैमाससम्मको प्रतिसेयर आम्दानी र प्रतिसेयर नेटवर्थ १६ रुपैयाँ २० पैसा र १८० रुपैयाँ २५ पैसा छ।

यस्तै, आइएमई जनरल इन्सुरेन्स कम्म्पनीको नाफा यसअवधिमा नाफा ४५.४४ प्रतिशतले बढेर २१ करोड २ लाख ५५ हजार रुपैयाँ पुगेको हो। असार मसान्तसम्म आइपुग्दा कम्पनीको खुद बीमा शुल्क ८.३४ प्रतिशतले बढेर ५१ करोड ५५ लाख ७ हजार रुपैयाँ पुगेको छ।

यता कम्पनीको यस त्रैमाससम्ममा १९ रुपैयाँ ४४ पैसा प्रतिसेयर आम्दानी र १५२ रुपैयाँ ३० पैसा प्रतिसेयर नेटवर्थ रहेको छ। 

एनएलजी इन्सुरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २० करोड १० लाख रुपैयाँ नाफा कमाएको छ। यो अघिल्लो वर्षभन्दा १५.३४ प्रतिशतले धेरै हो। कम्पनीको खुद बीमा शुल्क भने २६.९४ प्रतिशतले घटेर ५९ करोड ८५ लाख रुपैयाँमा खुम्चिएको छ।

बीमा कोषको आकार पनि गतवर्षको यसैअवधि भन्दा ११.१३ प्रतिशतले वृद्धि भएको छ। यस कम्पनीको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ३९ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ३५७ रुपैयाँ ८० पैसा रहेको छ।

गत आर्थिक वर्षको चौथो त्रैमासमा आइपुग्दा प्रभु इन्सुरेन्स कम्पनीको नाफा सामान्य वृद्धि भएको छ। यसअवधिमा नाफा १.१५ प्रतिशतले बढेर २५ करोड ४० लाख ३७ हजार रुपैयाँ पुगेको छ। यसअवधिमा बीमा कोषको आकारमा भने आकर्षक वृद्धि भएको छ।

१ वर्षमा बीमा कोष २२ प्रतिशतले बढेर ७० करोड ४२ लाख ५६ हजार रुपैयाँ बराबर पुगेको छ। यता, खुद बीमा शुल्क भने ३.५६ प्रतिशतले घटेर ४९ करोड ११ लाख ३४ हजार रुपैयाँमा आएको छ। यस्तै कम्पनीको प्रतिसेयर आम्दानी २४ रुपैयाँ रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १९७ रुपैयाँ छ।

यस त्रैमासमा प्रिमियर इन्सुरेन्स कम्पनीले ३५ करोड ३८ लाख ७० हजार रुपैयाँ नाफा कमाएको छ। यो अघिल्लो वर्षभन्दा ४४.०७५ ले बढी हो। अघिल्लो वर्ष यस कम्पनीले २४ करोड ५६ लाख २३ हजार रुपैयाँ नाफा कमाएको थियो। यसअवधिमा कम्पनीको बीमा कोषको आकार ३८.२४५ ले बढेर ६७ करोड २४ लाख ६७ हजार रुपैयाँ पुगेको छ।

यसअवधिमा कम्पनीको खुद बीमा शुल्क भने १३.९० प्रतिशतले घटेर ६९ करोड ५६ लाख ९३ हजार रुपैयाँमा सीमित भएको छ। हालसम्म कम्पनी प्रतिसेयर आम्दानी वार्षिक ३२ रुपैयाँ ९३ पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १९८ रुपैयाँ ६८ पैसा छ।

यसै अवधिसम्म सगरमाथा इन्सुरेन्स कम्पनीले यो त्रैमाससम्म २४.८९ प्रतिशतले बढेर ३५ करोड ८२ लाख ४६ हजार रुपैयाँ नाफा कमाउन सफल भएको छ। यता कम्पनीको खुद बीमा शुल्क आर्जन यसपटक ९८ करोड ४१ लाख ४३ हजार रुपैयाँमा रहेको छ।

बीमा कोषको आकार अघिल्लो वर्षकै यथावत अर्थात् ६३ करोड १४ लाख ३६ हजार रुपैयाँ रहेको छ। प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ७८ पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ २२७ रुपैयाँ ७५ पैसा रहेको छ।

यस त्रैमाससम्म शिखर इन्सुरेन्स कम्पनीले पनि नाफा बढाउन सफल भएको छ। यस अवधिमा कम्पनीले ४५ करोड १ लाख ८४ हजार रुपैयाँ कमाएको छ। यो नाफा गत वर्षभन्दा ६.३९ प्रतिशतल धेरै हो। कम्पनीको बीमा कोषको आकार पनि १.४४ प्रतिशतले बढेर १ अर्ब ५ करोड ७३ लाख १० हजार रुपैयाँ पुगेको छ।

यता कम्पनीको प्रतिसेयर आम्दानी ४२ रुपैयाँ ४८ पैसा रहेको छ, भने प्रतिसेयर आम्दानी २८८ रुपैयाँ ०२ रुपैयाँ रहेको छ।

सिद्धार्थ इन्सुरेन्स कम्पनीको नाफा पनि अघिल्लो वर्षभन्दा २२.६७ प्रतिशतले बढेर ३० करोड २ लाख २० हजार रुपैयाँ पुगेको छ। यता, सिद्धार्थको खुद बीमा शुल्क भने ४.१५ प्रतिशतले घटेर ८० करोड ७५ लाख रुपैयाँमा खुम्चिएको छ।

कम्पनीको बीमा कोषको आकार भने ६७ करोड ७४ लाख रुपैयाँबाट बढेर ८२ करोड ७५ लाख रुपैयाँ पुगेको छ। यसको प्रतिसेयर आम्दानी ३० रुपैयाँ ०२ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ २२२ रुपैयाँ ३८ पैसा छ।

युनाइटेड इन्सुरेन्स कम्पनीले पनि यस त्रैमाससम्म नाफा बढाउन सफल भएको छ। कम्पनीले यस त्रैमासमा ३ करोड ४१ लाख ९ हजार रुपैयाँ नाफा कमाएको छ। यो नाफा गत वर्षभन्दा ६०.४४ प्रतिशतले बढी हो।

इन्सुरेन्सले यस त्रैमाससम्म बीमा कोषको आकार पनि ६.०७ प्रतिशतले बढाउन सफल भएको छ। कम्पनीको खुद बीमा शुल्क ३७.८१ प्रतिशतले बढेको छ। यता प्रति सेयर आम्दानी ३ रुपैयाँ ३२ पैसा र प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ९४ पैसा छ।

प्रुडेन्सियल इन्सुरेन्स कम्पनीले यस त्रैमाससम्म १४ करोड १५ लाख रुपैयाँ नाफा कमाएको छ। नाफा अघिल्लो वर्षभन्दा ०.६५ प्रतिशतले धेरै हो। यता, खुद बिमा शुल्क भने १३.७४ प्रतिशतले घटेर ३८ करोड ७७ लाख रुपैयाँमा खुम्चिएको छ।

बीमा कोषको आकार भने ४६ करोड ७४ लाख रुपैयाँबाट बढेर ५३ करोड ८२ लाख रुपैयाँ पुगेको छ। प्रतिसेयर आम्दानी १३ रुपैयाँ ८७ पैसा रहेको यसको प्रतिसेयर नेटवर्थ १८२ रुपैयाँ २० पैसा छ।

गत आर्थिक वर्षको चौथो त्रैमासमा लुम्बिनी जनरल इन्सुरेन्स कम्पनीको नाफा ३१.४३ प्रतिशतले घटेर २० करोड ४१ लख रुपैयाँमा आएको छ। यता खुद बीमा शुल्क पनि ११.३६ प्रतिशतले घटेर ५८ करोड ८३ लाख रुपैयाँमा सीमित भएको छ।

यता बीमा कोषको आकार असार सम्ममा ६४ करोड ४५ लाख रुपैयाँ पुगेको छ। प्रतिसेयर आम्दानी १७ रुपैयाँ ८८ पैसा रहेको यसको प्रतिसेयर नेटवर्थ १८२ रुपैयाँ ८३ पैसा छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट