सिडिएससीमा सिइओ नियुक्ति प्रक्रिया अन्तिम चरणमा-Sutra News

सिडिएससीमा सिइओ नियुक्ति प्रक्रिया अन्तिम चरणमा

सोमबार, १ भाद्र २०७७

सोमबार, १ भाद्र २०७७

काठमाडौं- केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी)मा सिइओ नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेको छ। सिडिएससीको सिइओमा आवेदन दिएका उम्मेदवारहरुले पेस गरेको भिजनमाथि छलफल सकिएको स्रोतले बताएको छ।



आवेदकहरुले सिडिएससीमा सिइओ बन्नका लागि आ-आफ्ना प्रस्तुतीकरण गत शुक्रबार गरेको हुन्। सिइओमा छनौटमा परेकाहरु कृष्ण गिरी, पूर्णप्रसाद आचार्य, मानबहादुर खत्री, डिल्ली प्रसाद चौधरी, भीष्मराज चालिसे र दिनेश कुमार बर्तौलाले आवेदन दिएका थिए।

गत शुक्रबार छ जना आवेदकले प्रस्तुतिकरण सम्पन्न गरेका छन्। प्रस्तुतिरकण सुनिसकेपछि अब अन्तर्वार्ताको पालो छ। सिडिएससीले गत असार १६ गते खुला प्रतिस्पर्धाका आधारमा प्रमुख कार्यकारी अधिकृत पदका नियुक्तका लागि आवेदन माग गरेको थियो। जम्मा सात जनाले सिइओ बन्न आवेदन दिएकोमा ६ जनालाई छनौट समितिले प्रस्तुतीकरणको लागि चयन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट