राष्ट्र बैंकले माग्यो पुनकर्जाको प्रस्ताव-Sutra News

राष्ट्र बैंकले माग्यो पुनकर्जाको प्रस्ताव

सोमबार, १ भाद्र २०७७

सोमबार, १ भाद्र २०७७

काठमाडौं–नेपाल राष्ट्र बैंकले पुनकर्जाको लागि प्रस्ताव माग गरेको छ। बैंकले कार्यविधि तयार पारेपछि पहिलो पटक भदौ १ गतेदेखि पुनर्कर्जा उपलब्ध गराउन प्रस्ताव माग गरेको हो। सोमबार सूचना जारी गर्दै केन्द्रीय बैंकले वाणिज्य बैंक,विकास बैंक र फाइनन्स कम्पनीहरूलाई एकमुष्ट रूपमा प्रदान हुने पुनर्कर्जाको लागि आवेदन आह्वान गरेको छ।



राष्ट्र बैंकले एकमुष्ट रूपमा प्रदान हुने लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा, साधारण पुनर्कर्जा तथा विशेष पुनर्कर्जाका लागि प्रस्ताव आह्वान गरेको हो। उक्त पुनर्कर्जाको लागि बैंक तथा वित्तीय संस्थाले असोज १४ गतेसम्म आवेदन दिन सक्नेछन्।

कोराना भाइरसबाट अति प्रभावित र मध्यम प्रभावितले पुनर्कर्जाका लागि आवेदन दिन सक्नेछन्। आवेदन पेश गर्ने अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसको लगत्तै कार्यालय खुलेको दिनलाई आवेदन पेश गर्ने अन्तिम दिन मानिने छ। रीतपूर्वक पेश नभएका र समयमै दर्ता नभएका आवेदनलाई स्वीकार नगर्ने केन्द्रीय बैंकले जनाएको छ।

बैंक तथा वित्तीय संस्थाले प्रदान गरेको असल कर्जाको धितोमा राष्ट्र बैंकले ऋण उपलब्ध गराउने छ। प्रतिग्राहक १५ लाखसम्मको लघु, घरेलु तथा साना उद्यमको पुनर्कर्जा, ५ करोड रुपैयाँसम्मको विशेष र साधारण पुनर्कर्जा बैंक तथा वित्तीय संस्थाहरुलाई उपलब्ध गराइने छ। पुनर्कर्जाको ब्याजदर कम्तिमा ३५ र बढीमा ५५ हुनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट