डाक्टर र नर्ससहित चितवनमा थपिए २७ जना कोरोना संक्रमित-Sutra News

डाक्टर र नर्ससहित चितवनमा थपिए २७ जना कोरोना संक्रमित

आइतबार, ३२ साउन २०७७

आइतबार, ३२ साउन २०७७

चितवन–भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा शनिबार राति गरिएको परीक्षणमा डाक्टर र नर्ससहित २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ४७४ नमुना परीक्षण गरिएकोमा ४४६ जनाको रिपोर्ट नेगेटिभ आएको छ।



संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका २१ जना छन्। भरतपुर अस्पताल, भरतपुर सेन्ट्रल अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट स्वाब संकलन गरी गरिएको परीक्षणमा भरतपुर वडा नं. ३. ४, ६, ७, १०, १२, १५ र २१ का १० जना पुरुष र ११ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमित हुनेमा चिकित्सक र नर्ससमेत छन् ।

चितवनकै रत्ननगरका चार जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ। क्वारेन्टिनमा रहेका रत्ननगर नगरपालिका–५ र १२ का ३ पुरुष र एक महिलामा संक्रमण देखिएको छ। क्वारेन्टिनमा रहेका खैरहनी नगरपालिका–८ का पुरुषमा पनि संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पतालबाट स्वाब संकलन गरिएका सर्लाहीकी एक महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट