के हाे हेमोफिलिया ? कसरी जाेगिने यसबाट ?-Sutra News

के हाे हेमोफिलिया ? कसरी जाेगिने यसबाट ?

बुधबार, ५ बैशाख २०८१

बुधबार, ५ बैशाख २०८१

हरेक वर्ष १७ अप्रिललाई विश्व हेमोफिलिया दिवसका रुपमा विश्वभर मनाइन्छ । यो मनाउनु पछाडिको एउटा विशेष उद्देश्य यस रोगको बारेमा मानिसहरूलाई सचेत गराउनु हो। वास्तवमा, यो एक गम्भीर रोग हो। समयमै उपचार नभए राेगीकाे ज्यान समेत जान सक्छ ।



तर, लाखौं मानिस अझै पनि यो रोगबारे सचेत छैनन् । यो एक प्रकारको रक्तस्राव विकार हो। यो धेरै कम मान्छेमा हुन्छ।

हेमोफिलिया भनेको के हो ?

हेमोफिलिया एक रक्त विकार हो। चोटपटक लागे वा शरीरका कुनै भाग काटिएमा रगत बग्ने र बन्द नहुने खतरा हुन्छ ।

यदि कसैलाई यो रोग लागेको छ भने, यसको मतलब उसको शरीरमा आवश्यक प्रोटिन हुँदैन जसले रगत राेक्न मद्दत गर्छ ।

रगत जम्ने प्रोटिनहरू जुन प्लेटलेटहरूसँग मिल्छ र रगतको थक्का बनाउँछ। जसका कारण बिना रोकि रगत निस्कन थाल्छ ।

सबैभन्दा अचम्मको कुरा के छ भने हेमोफिलियाका बिरामीको संख्यामा भारत दोस्रो स्थानमा छ । भारतमा करिब १.३ लाख बिरामी छन् ।

कस्ता व्यक्तिलाई यो समस्या हुन्छ ?

यो समस्या केटीहरुको तुलनामा केटाहरुमा अधिक हुन्छ । केटाहरूसँग एउटा एक्स क्रोमोजोम हुन्छ। यदि खराब क्रोमोजोम आमाबाट बच्चामा सर्छ भने यो रोग बच्चामा बढ्न थाल्छ। केटीहरूमा २ एक्स क्रोमोजोम हुन्छ, यस्तो अवस्थामा उनीहरूलाई यो रोग लाग्ने सम्भावना कम हुन्छ ।

उपचार के ?

पहिले पहिले हेमोफिलियाको उपचार करिब असम्भव नै थियो । स्वास्थ्य विज्ञानकाे विकाससँगै यसकाे उपचार पनि सम्भव हुन थालेकाे छ ।

इन्जेक्सनको प्रयोगद्वारा पनि रगतमा फाल्चाको निर्माण गर्न सकिन्छ । हेमोफिलियाको समस्या गम्भीर छैन भने औषधीको सेवनबाट पनि यो समस्या कम गर्न सकिन्छ ।

यो समस्या आनुवंशिक भएका कारण हेमोफिलिया रोगबाट ग्रसित आमाबाबुबाट जन्मने शिशुमा यो रोगको संक्रमण नहोस् भन्नका लागि गर्भावस्थामै पनि यस रोगको जाँच गर्न सकिन्छ । पछिल्लाे समय याे राेग लाग्नु अगावै निदान गर्ने उपाय गरिएकाे हुँदा क्रमशः जाेखिम घट्दाे छ ।

यद्दपि, समस्या देखिइ हालेमा चिकित्सककाे उच्च निगरानीमा रहनुपर्ने विज्ञहरू बताउँछन् । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट