सिन्धुपाल्चोकमा अत्यावश्यक बाहेकका सेवा स्थगित-Sutra News

सिन्धुपाल्चोकमा अत्यावश्यक बाहेकका सेवा स्थगित

बिहिबार, २९ साउन २०७७

बिहिबार, २९ साउन २०७७

सिन्पाल्चोक- जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने जोखिम बढेका कारण कार्यालयबाट नियमित प्रदान गरिने अत्यावश्यक सेवाबाहेकका सेवा स्थगन गरेको छ।



कार्यालयले शुक्रबारदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्मका लागि विभिन्न सेवा स्थगन गरेको हो। आज सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालद्वारा जारी गरिएको सूचनामा नयाँ नेपाली नागरिकता वितरण, नागरिकता प्रतिलिपि वितरण, संस्था दर्ता एवं पत्रपत्रिका दर्ता वा नवीकरण, राहदानी वितरण, नाबालक परिचयपत्र वितरण र अन्य अत्यावश्यक नभएका सेवा हाल स्थगन गरिएको उल्लेख छ।

शान्ति सुरक्षासम्बन्धी सेवा, मुद्दासम्बन्धी कार्य र विपद् व्यवस्थापनसम्बन्धी कार्य भने यथावत् नै सञ्चालन हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट