कोरोनाबाट कुन प्रदेशमा कति मृत्यु ?-Sutra News

कोरोनाबाट कुन प्रदेशमा कति मृत्यु ?

बिहिबार, २९ साउन २०७७

बिहिबार, २९ साउन २०७७

काठमाडौं- नेपालमा कोरोना संक्रमितबाट मृत्यु हुनेको संख्या ९५ पुगेको छ। ७३ जना पुरुष र २२ जना महिला गरी मृत्यु संख्या ९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।



कुन प्रदेशमा कति ?
मन्त्रालयका अनुसार प्रदेश–१ मा ८ जना पुरुषको मृत्यु भएको छ। प्रदेश–२ मा भने २८ जना पुरुष र ११ जना महिला गरी मृत्यु संख्या ३९ पुगेको छ।

बागमती प्रदेशमा १३ जना पुरुष र ५ जना महिला गरी १८ जनाको मृत्यु भएको छ भने गण्डकी प्रदेशमा ६ जना पुरुषको मृत्यु भएको छ।

प्रदशे–५ मा ९ जना पुरुष र ३ जना महिला गरी १२ जनाको मृत्यु भएको छ भने कर्णाली प्रदेशमा ४ पुरुषको मृत्यु भएको छ।

सुदूरपश्चिम प्रदेशमा ५ पुरुष र ३ महिला गरी ८ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट