काठमाडौं उपत्यकामा १२७ सहित थप ५२५ जना कोरोना संक्रमित थपिए-Sutra News

काठमाडौं उपत्यकामा १२७ सहित थप ५२५ जना कोरोना संक्रमित थपिए

बिहिबार, २९ साउन २०७७

बिहिबार, २९ साउन २०७७

काठमाडौं- नेपालमा थप ५ सय २५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित हुनेहरुको संख्या २४ हजार ९ सय ५७ पुगेको छ ।



पछिल्लो २४ घण्टामा भने १ सय ९ जना संक्रमित कोरोनामुक्त भएका छन्। हालसम्म १६ हजार ८३७ जना कोरोनामुक्त भइसकेका छन्।

त्यस्तै काठमाडौं उपत्यकामा थप १२७ जनामा कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा १११, ललितपुरमा ११ र भक्तपुरका ५ जना संक्रमित भएका हुन्। 

त्यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९५ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट