स्क्रब टाइफसबाट एक बालिकाको मुत्यु-Sutra News

स्क्रब टाइफसबाट एक बालिकाको मुत्यु

बिहिबार, २९ साउन २०७७

बिहिबार, २९ साउन २०७७

बैतडी–स्क्रब टाइफस रोगबाट बैतडीकी एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–३ श्रीकोटकी १४ वर्षीया पुजा जोशी रहेकी छन्।



पूजाको बुधबार उपचारका लागि कोहलपुर मेडिकल कलेज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। स्क्रब टाइफसबाट संक्रमित बालिकालाई बैतडीबाट डडेल्धुरा अस्पताल हुँदै मंगलबार धनगढीको सारथी अस्पताल पुर्याइएको थियो।

त्यहाँ पनि उपचार हुन नसकेपछि थप उपचारका लागि कोहलपुर लग्दैगर्दा बुधबार अपराह्न चिसापानीमा बालिकाको मृत्यु भएको पूजाका फुपाजु शङ्करदत्त भट्टले जानकारी दिए। मृतक पूजाका बुबा रोजगारीको सिलसिलामा विदेश रहेका छन्। उनलाई उपचारका लागि आमा र हजुरबुबाले धनगढी पुर्याएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट