बुटवलको कोरोना अस्पतालमा दुई जना पुरूषको मृत्यु-Sutra News

बुटवलको कोरोना अस्पतालमा दुई जना पुरूषको मृत्यु

बुधबार, २८ साउन २०७७

बुधबार, २८ साउन २०७७

रुपन्देही–बुटवलको कोरोना विशेष अस्पतालमा उपचारत दुई जना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ। कोरोना लक्षण देखिएर अस्पतालमा भर्ना गरिएका कपिलवस्तुका २५ र ४२ बर्षीय पुरूषको मंगलबार राती मृत्यु भएको हो।



सघन उपचारमा रहेका सात जना संक्रमितमध्ये दुई जनाको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले जानकारी दिए।

यही साउन २५ गते भर्ना भएका कपिलवस्तुका ४२ बर्षीय पुरुषको पिसीआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो। उनको अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको प्रवक्ता गौतमको भनाइ छ।

मध्यरातीबाट समस्या बढ्दै गएपछि उनको मृत्यु भएको अस्पतालले जनाएको छ। मृतकको पिसीआर रिपोर्ट नआए पनि अस्पतालले कोरोनाकै मापदण्डमा राखेर उपचार गरेकाले कोरोनाबाट मृत्यु भएको भन्न सकिने प्रवक्ता गौतमले बताए।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट