काठमाडौं उपत्यकामा ९२ सहित थप ३८० जनामा कोरोना संक्रमण-Sutra News

काठमाडौं उपत्यकामा ९२ सहित थप ३८० जनामा कोरोना संक्रमण

आइतबार, २५ साउन २०७७

आइतबार, २५ साउन २०७७

काठमाडौं- पछिल्लो २४ घन्टामा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै कोरोना संक्रमित हुनेको संख्या २२ हजार ९७२ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।



त्यस्तै थप ४० जना संक्रमित कोरोनामुक्त भएका छन्। हालसम्म १६ हजार ३५३ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै कोरोना संक्रमणबाट ७५ जनाको मृत्यु भएको छ।

त्यस्तै काठमाडौं उपत्यकामा थप ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौंमा ९० र ललितपुरमा २ जना कोरोना संक्रमित थपिएका हुन्।

मन्त्रालयका अनुसार हालः सक्रिय संक्रमित ६ हजार पाँच सय ४४ रहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट