भारतीय गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण-Sutra News

भारतीय गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण

आइतबार, १८ साउन २०७७

आइतबार, १८ साउन २०७७

काठमाडौं–भारतीय गृहमन्त्री अमित शाहलाई कोरोना  संक्रमण भएको छ ।



शाहले आइतबार दिउँसो आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी दिएका हुन्।

ट्विटरमार्फत शाहले आफूलाई कोरोना संक्रमणका लक्षण देखिएपछि परिक्षण गर्दा भाइरसको संक्रमण पुष्टि भएको बताएका छन् । ‘कोरोना भाइरसको लक्षण देखिएसँगै मैले पपिरक्षण गराएको थिएँ’, उनले ट्विटमा लेखेका छन्, ‘मेरो स्वास्थ्य ठिक छ । तर, चिकित्सकको सल्लाह अनुसार म अस्पतालमा भर्ना भएको छु ।’

साथै, शाहले आफ्नो सम्पर्कमा आएका सम्पूर्णलाई आइसोलेसनमा बस्न र कोरोना परिक्षण गर्न समेत अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट