पछिल्लो २४ घन्टामा १३९ जना कोरोना संक्रमित-Sutra News

पछिल्लो २४ घन्टामा १३९ जना कोरोना संक्रमित

सोमबार, १२ साउन २०७७

सोमबार, १२ साउन २०७७

काठमाडौं– नेपालमा थप १३९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले संक्रमित थपिएको पुष्टि गरेका हुन् ।



आइतबार देशभर १३० कोरोना भाइरस संक्रमित फेला परेका थिए भने ७५ जना डिस्चार्ज भएका थिए । देशभर सक्रिय संक्रमितको संख्या चार हजार ९५० रहेको छ ।

प्रदेश १ मा १९५, प्रदेश २ मा एक हजार ९११, वागमती प्रदेशमा ४०२, गण्डकी प्रदेशमा २४४, प्रदेश ५ मा ३५३, कर्णाली प्रदेशमा ३७५ र सुदूरपश्‍चिम प्रदेशमा एक हजार ७४० सक्रमिय संक्रमितहरु रहेका छन् ।

पछिल्लो २४ घण्टामा ६२६ जना कोरोना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म देशभरबाट १३ हजार ४५४ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

लकडाउन अन्त्य हुनुअघि ६ दिनमा कोरोना पोजेटिभ हुने ३।२ प्रतिशत थियो भने लकडाउन खुलीसकेपछिका ६ दिनमा पोजेटिभ हुनेदर ३।३ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट