नेप्से परिसूचक भारी अंकले वृद्धि, कारोबार रकम पनि बढ्यो-Sutra News

नेप्से परिसूचक भारी अंकले वृद्धि, कारोबार रकम पनि बढ्यो

मंगलबार, १८ बैशाख २०८१

मंगलबार, १८ बैशाख २०८१

काठमाडौं । मंगलबार नेप्से परिसूचक भारी अंकले वृद्धि हुँदा २ हजार विन्दुभन्दा माथि पुगेर बन्द भएको छ ।



आज नेप्से २५.९३ अंक बढेर २००६.२८ विन्दुमा पुगेर बन्द भएको हो । त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ५.५८ अंक बढेको छ ।

अघिल्लो कारोबार दिन करिब तीन अर्बको शेयर खरिद बिक्री भएको बजारमा आज चार अर्ब ८० करोड रुपैयाँको शेयर खरिद बिक्री भएको भयो ।

आज कर्पोरेट डेभलपमेन्ट बैंक र इन्फिनिटी लघुवित्तको शेयरमा सकारात्मक सर्किट लेभलमा कारोबार भयो । त्यस्तै, ग्रीन डेभलपमेन्ट बैंकको शेयर ८ प्रतिशतभन्दा बढी बढेको छ ।

कारोबार रकमका आधारमा शाइन रेसुङ्ग डेभलपमेन्ट बैंक शीर्ष स्थानमा रहेको छ । बैंकको १८ करोडभन्दा बढीको शेयर खरिद बिक्री भएको छ । त्यस्तै, यस दिन पोखरा फाइनान्सको १७ करोडभन्दा बढीको शेयर कारोबार हुँदा गोर्खाज फाइनान्सको कारोबार रकम १६ करोड नाघेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट