नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर, यस्ता छन् सहकार्यका क्षेत्र-Sutra News

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर, यस्ता छन् सहकार्यका क्षेत्र

बुधबार, १२ बैशाख २०८१

बुधबार, १२ बैशाख २०८१

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यसँग सम्बन्धित समझदारी तथा सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारको तर्फबाट अमिर शेख तमिम बिन हमाद अल थानीसहितको प्रतिनिधिमण्डलबीच भएको वार्तापछि सहमतिमा हस्ताक्षर भएको हो ।



प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रुपक सापकोटाले सञ्चार माध्यमलाइ जनाएअनुसार दुई देशबीचका सरकारी समाचार एजेन्सी, महान्यायाधिवक्ता कार्यालयसम्बन्धी, कूटनीतिक तालिम र अध्ययन, शिक्षा, कला र संस्कृति, खेलकुद क्षेत्रमा सहकार्य गर्ने समझदारी बनेको छ ।

साथै, कतार चेम्बर अफ कमर्श र नेपाल उद्योग वाणिज्य महासंघबीच पनि दुईवटा सम्झौता भएका छन् ।

दुइ देशबीच भएकाे सहमतिपत्रमा नेपालको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी र कतारी समकक्षीले हस्ताक्षर गरेका छन् ।

द्विपक्षीय समझदारीमा हस्ताक्षर भएपछि प्रधानमन्त्री प्रचण्डले होटल द्वारिकामा आयोजना गरेको दिवा भोजमा कतारको टोली सहभागी हुनेछ । त्यसपछि कतारी टोली आजै दिउँसो स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट