प्रधानमन्त्री प्रचण्ड र कतारका अमिर थानीबिच ‘वान टु वान’ वार्ता-Sutra News

प्रधानमन्त्री प्रचण्ड र कतारका अमिर थानीबिच ‘वान टु वान’ वार्ता

बुधबार, १२ बैशाख २०८१

बुधबार, १२ बैशाख २०८१

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा आएका कतारी अमिर शेख तमिम बिन हमाद अल थानीबिच ‘वान टु वान’ भेटवार्ता भएको छ । बुधबार बिहान होटल सोल्टीमा प्रधानमन्त्री प्रचण्ड र थानीबिच वान टु वान भेटवार्ता भएको हो ।



प्रधानमन्त्री र थानीको वान टु वान भेटवार्तापछि दुईपक्षीय वार्ता हुने र त्यसपछि विभिन्न सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको जनाइएकाे छ ।

होटल सोल्टीको कार्यक्रमपछि प्रधानमन्त्री प्रचण्डले होटल द्वारिकामा आयोजना गरेको दिवा भोजमा कतारका राजा सहभागि हुनेछन् । उक्त भाेजपछि कतारि राजाकाे टाेली आजै स्वदेश फर्किनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट