एमालेको समर्थन पाएपछि सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गर्दै-Sutra News

एमालेको समर्थन पाएपछि सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गर्दै

बिहिबार, ६ बैशाख २०८१

बिहिबार, ६ बैशाख २०८१

काठमाडौं । रस्साकस्सी भएसँगै विवादमा फसेको सुदूरपश्चिम प्रदेशले मुख्यमन्त्री पाउने भएको छ । नेकपा एमाले आफैसँग फुटेर बनेको नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई साथ दिने भएसँगै सुदूरपश्चिमले मुख्यमन्त्री पाउने भएको हो ।



एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र रावललाई फोन गरेर निर्देशन दिएसँगै एकीकृत समाजवादीका नेता सोडारीलाई समर्थन गर्न तयार भएको हो ।

यसअघि एमालेले सोडारीको नाममा आपत्ति जनाउँदै उनको विकल्प खोज्न एकीकृत समाजवादीसँग आग्रह गरेको थियो । अन्तिम अवस्थामा एमालेले सोडारीलाई समर्थन गर्न तयार भएसँगै सुदूरपश्चिममा गतिरोध टरेको हो ।

नेता सोडारीलाई एमालेसहित नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीलगायत स्वतन्त्र सांसदको समर्थन गरेका छन् । सोडारीले मुख्यमन्त्री पदमा दाबी पेस गर्दै छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट