मधेश प्रदेशमा माओवादी र एकीकृत समाजवादीबाट मन्त्री थपिदै-Sutra News

मधेश प्रदेशमा माओवादी र एकीकृत समाजवादीबाट मन्त्री थपिदै

बिहिबार, ६ बैशाख २०८१

बिहिबार, ६ बैशाख २०८१

काठमाडौं । मधेश प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तार गर्ने भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गर्ने भएका हुन् ।



मुख्यमन्त्री यादवले नेकपा माओावादीबाट दुई र एकीकृत समाजवादीबाट एक जनालाई मन्त्री नियुक्त गर्न लागेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । नवनियुक्त मन्त्रीले आजै सपथ ग्रहण गर्ने तयारी गरेको छ ।

आज बन्ने मन्त्रीहरूमा माओवादीबाट संसदीय दलका नेता भरतप्रसाद साह, सांसद युवराज भट्टराई र एकीकृत समाजवादीबाट बेची लुंगेली रहेका छन् ।

कूल ११ मन्त्रालय रहेको मधेश प्रदेशमा मुख्यमन्त्रीसहित जनता समाजवदी पार्टीको चार, एमालेको चार, एकीकृत र माओवादी केन्द्रको १–१ मन्त्रालय छन् । माओवादीले उद्योग तथा पर्यटनमन्त्री सुनिता साहलाई फिर्ता बोलाएर दुई मन्त्री नियुक्त गर्न लागेको हो ।

मुख्यमन्त्रीसँग जनमतले छाडेको श्रम तथा यातायात र लोकतान्त्रिक समाजवादी पार्टीले छाडेको वन तथा वातावरण मन्त्रालय बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट