किम्बु खाएर एक बालकको मृत्यु-Sutra News

किम्बु खाएर एक बालकको मृत्यु

बिहिबार, ६ बैशाख २०८१

बिहिबार, ६ बैशाख २०८१

काठमाडौं । काभ्रेको नमोबुद्ध नगरपालिका ४ मा किम्बु खाएर एक बालकको मृत्यु भएको छ । किम्बु धेरै खाएपछि अत्यधिक बान्ता भई बालकको मृत्यु भएको हो ।



मृत्यु हुनेमा नमोबुद्ध ४ काफ्ले थोक बस्ने गणेशप्रसाद मैनालीका १२ वर्षीय छोरा प्रशान्तको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बुधबार विद्यालयबाट घर फर्कने क्रममा किम्बु खाँदै गएका उनी घर पुगेपछि बान्ता गर्न थालेका थिए ।

बालकको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बालकको शव पोस्टमार्टमका लागि अस्पताल पठाएको छ । पोस्टमार्टमपश्चात् शव परिवारले बुझेको प्रहरीको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट