लागू औषध मुद्दामा पक्राउ परेका एन्फाका उपाध्यक्ष लामा छुटे-Sutra News

लागू औषध मुद्दामा पक्राउ परेका एन्फाका उपाध्यक्ष लामा छुटे

बिहिबार, ६ बैशाख २०८१

बिहिबार, ६ बैशाख २०८१

काठमाडौं । लागू औषध मुद्दामा पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा छुटेका छन् । काठमाडौं जिल्ला अदालतले बिहीबार लामालाई छाड्न आदेश दिएको हो ।



काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लामालाई बुधबार पक्राउ गरेको थियो । उनलाई पाँच वर्ष कैद सजाय भए पनि चार वर्षभन्दा बढी कैद भुक्तान हुन बाँकी रहेको भन्दै प्रहरीले पक्राउ गरेको थियो ।

लामाले आफूसँग ‘स्टे अर्डर’ भएको प्रमाण पेश गरेका थिए । पुनरावेदनको विषयलाई लिएर अदालतले छाडेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट