गृहमन्त्री लामिछानेको राजीनामा माग्दै नेविसंघको प्रदर्शन-Sutra News

गृहमन्त्री लामिछानेको राजीनामा माग्दै नेविसंघको प्रदर्शन

बुधबार, ५ बैशाख २०८१

बुधबार, ५ बैशाख २०८१

काठमाडौं । उपप्रधान एव गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रदर्शन गरेको छ ।



सहकारी प्रकरणमा छानविनका लागि मार्ग प्रशस्त गर्नु पर्ने र राजीनामा दिनु पर्ने भन्दै नेविसंघले काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसअगाीि मसाल जुलुससहित प्रदर्शन गरेका हुन् । सो क्रममा उनीहरुले रवि लामिछानेको पुत्ला दहन गरेका थिए ।

प्रदर्शनलाई प्रहरीले हस्तक्षेप गरेको थियो । प्रदर्शनका क्रममा उनीहरुले गृहमन्त्री राजीनामा दे, सहकारी गठीको अनुसन्धान गर्नु पर्नेलगायका नारा लगाएका थिए ।

सहकारी प्रकरणमा अनुसन्धानका लागि संसदीय छानविन समिति गठन गर्दा पनि सरकारले नमानेको र सरकारले सहकारी ठगहरुलाई जोगाउन खोजिएको भन्दै आन्दोलन गर्नु परेको नेविसंघ अनुराज शाहले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट