विराटनगरमा प्रहरीले गर्‍यो अश्रुग्यास र हवाई फायर-Sutra News

विराटनगरमा प्रहरीले गर्‍यो अश्रुग्यास र हवाई फायर

बुधबार, ५ बैशाख २०८१

बुधबार, ५ बैशाख २०८१
शोभा र्‍याली गोदार (धनुषा), ५ वैशाखः भगवान श्रीरामको जन्मोत्सव अर्थात् रामनवमीको अवसरमा जनकपुरधामस्थित हिन्दू सम्राट सेनाले निकालेको शोभा र्‍याली । तस्बिर ः अमरेन्द्रकुमार यादव÷रासस

काठमाडौं । राम नवमीको अवसरमा दुई पक्षबीच विवाद हुँदा विराटनगर १५ स्थित रानीमा झडप भएको छ ।



प्रहरीका अनुसार एक समूहले निकालेको र्‍यालीलाई अर्को समूहले अवरोध गरेपछि झडप भएको हो । दुई पक्षबीच तनाव सिर्जना भएपछि प्रहरीले हस्तक्षप गरेको छ ।

भीड नियन्त्रणका लागि प्रहरीले केही सेल अश्रुग्यास तथा हवाई फायर गरेको छ । प्रहरीले हस्तक्षप गरेपछि दुवै समूह तितरबितर भएसँगै अवस्था सामान्य हुँदै गएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट