सुहाङले हारे सुहाङलाई होइन, इलामलाई घाटा हुन्छ : ओली-Sutra News

सुहाङले हारे सुहाङलाई होइन, इलामलाई घाटा हुन्छ : ओली

बुधबार, ५ बैशाख २०८१

बुधबार, ५ बैशाख २०८१

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलामको विकासको जिम्मा एमालेले लिने प्रतिबद्धता व्यक्त गरेका छन् ।



बुधबार इलामको मंगलबारेमा भएको चुनावीसभालाई सम्बोधन गर्दै उनले भने, ‘ जिताएर पठाउनुस्, सुहाङले इलामको विकासको जिम्मा लिन्छन, म सुहाङको जिम्मा लिन्छु ।’

सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले इलामको चौतर्फी विकासका लागि सुहाङलाई निर्वाचित गर्नुको विकल्प नभएको बताए । उनले दुई चार वटा मुद्दा लडेर पुग्दो पैसा कमाउन सक्ने सुहाङ देश बनाउनकै लागि राजनीतिमा आएको दाबी गरे ।

ओलीले चेतावनीपूर्ण भाषामा सुहाङले हार्दा सुहाङलाई नभएर इलामलाई घाटा हुने बताए । उनले आफू नेतृत्वको सरकार ढलेपछि देशमा विकासको गति ठप्प भएको दाबी गरे ।

सभालाई सम्बोधन गर्दै उनले एमाले पहिचान विरोधी नभएको दाबी गरे । सभामा एमाले उम्मेदवार सुहाङ नेम्वाङले जातीय भेदभाव र सामाजिक बिखण्डनले समृद्धिको बाटो छेक्ने भन्दै सामाजिक सम्बन्ध खलल पुग्ने बाटोमा लाग्न नहुनेमा जोड दिएका थिए ।

इलाम २ मा हुने उपनिर्वाचनलाई पुराना दल, नयाँ दल र कोशी प्रदेशका पहिचान पक्षधरहरुले समेत प्रतिष्ठाको लडाइँको रुपमा लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट