सार्वजनिक यातायातलाई भर पर्दो बनाउन विशेष अपरेशन सञ्चालन गर्ने-Sutra News

सार्वजनिक यातायातलाई भर पर्दो बनाउन विशेष अपरेशन सञ्चालन गर्ने

आइतबार, २ बैशाख २०८१

आइतबार, २ बैशाख २०८१

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सार्वजनिक यातायातलाई थप भर पर्दाे र दुर्घटनारहित बनाउन विशेष अपरेशन सञ्चालन गर्ने घोषणा गरेका छन् ।



आइतबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुरु गरेको ट्राफिक सचेतना विशेष अभियान शुभारम्भ गर्दै गृहमन्त्री लामिछानेले आवश्यक नीति, नियम र ऐन संशोधन गर्दै सार्वजनिक यातायातलाई थप भर पर्दाे र दुर्घटनारहित बनाउन विशेष अपरेशन सञ्चालन गर्ने घोषणा गरेका हुन् ।

उनले केही परिवर्तनको थालनी भइसकेको भन्दै प्रविधि मैत्री ट्राफिक व्यवस्थापनमा सरकारले जोड दिइरहेको बताए । विगतमा सडक सुरक्षा कार्यदलले तयार पारेको प्रतिवेदन उपलब्ध गराउन आग्रह गर्दै उनले सडक सुरक्षा सुधारका लागि आफू पूर्ण प्रतिबद्ध रहेको बताए ।

उनले नेताको हात समातेका आधारमा नभई भ्रष्टाचार, चोर समातेका आधारमा वृत्ति विकास हुने र सोहीअनुसार कामको मूल्याङ्कन हुने स्पष्ट पारे । कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले उपत्यकाको ट्राफिक व्यवस्थापन र सार्वजनिक यातायात व्यवस्थापनमा विशेष ध्यान दिएर काम थालेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट