दयाहाङलाई दोस्रो राजेश हमाल भन्दा महानायक भन्छन्- घोडाले बहादुरी देखायो भने त्यसलाई पनि राजेश हमाल भन्ने ?-Sutra News

दयाहाङलाई दोस्रो राजेश हमाल भन्दा महानायक भन्छन्- घोडाले बहादुरी देखायो भने त्यसलाई पनि राजेश हमाल भन्ने ?

बिहिबार, २९ चैत्र २०८०

बिहिबार, २९ चैत्र २०८०

काठमाडौं । पछिल्लो समय नायक दयाहाङ राईको व्यस्तता ज्यादा बढिरहेको छ । यही (२०८०) सालकै कुरा गर्ने हो भने पनि नेपाली फिल्म क्षेत्र दयाहाङकै वरिपरि घुमेको देखियो ।



दयाहाङ अहिले नेपाली फिल्मका सबैभन्दा ठूलो ‘स्टार’ बनेका छन् । यो वर्ष अनमोल केसी, प्रदिप खड्का र पल शाह जस्ता चकलेटी नायकहरुको फिल्म नै आएन । पछिल्ला दिनमा चकलेटी नायकहरू बक्स अफिसमा संघर्ष गरिरहँदा दयाहाङले दर्शकलाई फिल्मको स्वाद दिइरहे ।

केही वर्षयता पूरै फिल्म क्षेत्र दयाहाङले धानेको देखियो । अहिलेको समयमा उनको हातमा २० वटाभन्दा बढी फिल्म छन् । नेपाली फिल्म क्षेत्रले उनीमाथि ३० करोडमाथि लगानी लगाएको छ । यस हिसाबले उनी नेपाली फिल्मको ‘नम्बर एक’ नायकको स्थानमा रहँदै आइरहेका छन् । यो स्थान अझै डगमगाउने स्थिति छैन ।

अरुको फिल्मले पानीसमेत भन्न नपाउँदा दयाहाङका फिल्मले बक्स अफिसमा रेकर्डमाथि रेकर्ड राखिरहेका छन् । यस वर्ष उनका नौ वटा फिल्म प्रदर्शन भए । उनको एउटा फिल्म प्रदर्शन हुने तरखरमा छ, भने अन्य आठ वटा फिल्म प्रदर्शन भइसके ।

त्यसमध्ये चार फिल्म फ्लप हुँदा बाँकी दुई फिल्म हिट भए । एक सुपरहिट र एक ब्लकबस्टर सावित भयो । यस वर्ष सर्वाधिक कमाई गर्ने फिल्मको रेकर्ड नै उनको नाममा छ । पछिल्लो परिस्थिति हेर्ने हो, भने नेपाली फिल्मले अब केही वर्ष उनकै पछि हिँड्नु पर्ने देखिन्छ ।

अहिले दयाहाङका फिल्महरू कहिलेकाहीँ हप्तामा दुई वटा, कहिलेकाहीँ हप्तै पिच्छे त कहिले महिनै पिच्छे प्रदर्शन भइरहेका हुन्छन् । दयाहाङको नयाँ फिल्म ‘डिग्री माइला’ नयाँ वर्ष २०८१ को पूर्व सन्ध्या पारेर चैत ३० गतेदेखि प्रदर्शनमा आउँदै छ । ‘मनसरा’ वैशाखमा प्रदर्शन हुँदैछ । कुनै समय थियो- जब राजेश हमालको फिल्म हप्तै पिच्छे रिलिज हुन्थ्यो ।

नेपाली फिल्म क्षेत्रलाई यसअघि यसै गरी धान्नेमा महानायक राजेश हमाल पर्ने गरेका थिए । त्यस समयमा फिल्म क्षेत्र उनको वरिपरि घुम्ने गरेको थियो । हमालका सबैजसो फिल्महरू सुपरहिट हुन्थे । उनलाई पर्दामा हेर्न दर्शकहरु निकै आतुर देखिन्थे । त्यतिबेला हमाल पोस्टरमा भएकै भरमा समेत फिल्म हिट हुन्थे ।

यता, समयको अन्तरालसँगै पछिल्लो समय दयाहाङलाई मध्य नजर गर्दै जोडेर कतिले उनलाई दोस्रो हमाल भन्न भ्याएका छन् । उनी स्वयमलाई राजेश हमालसँग दाँज्दा कस्तो लाग्छ ? भन्ने प्रश्नमा खुसी त लाग्छ, तर उहाँ जस्तो महानायकसँग मलाई दाज्न मिल्दैन भन्छन् । ‘उहाँले फिल्म क्षेत्रमा जुन योगदान दिनु भएको छ, र नेपाली फिल्म क्षेत्रमा उहाँको नाम जहाँ छ, त्यहाँ अरू कसैको हुन सक्दैन,’ उनी भन्छन् ।

यस विषयमा खुद महानाय हमाललाई दयाहाङ दोस्रो राजेश हमाल हुन् त ? भन्ने प्रश्नमा उनी सीधै इन्कार गर्छन् । उनले राजेश हमाल पनि पहिलो र दोस्रो हुन्छ र ? भन्दै प्रतिप्रश्न गर्छन् । एक विज्ञापनको सुटिङका लागि काठमाडौँका बबरमलमा घोडा कुदाउँदै गरेको अवस्थामा भेटिएका हमालले यस्तो भनेका हुन् । उनी भन्छन्, ‘राजेश हमाल म नै छु, फेरि दोस्रो-तेस्रो कहाँबाट आयो ?’

‘दयाहाङ-दयाहाङ नै हुनुहुन्छ म-म नै छु,’ भन्दै छायांकनका क्रममा छेउमा रहेको घोडालाई देखाएर हमालले अगाडि थपे, ‘अब यसले पनि बहादुरी देखायो भने यसलाई नि राजेश हमाल त भन्न मिल्दैन नि !’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट