मेष, सिंह, तुला र मकर राशीको काम बन्ने, तपाईंको दिन कस्तो ?-Sutra News

मेष, सिंह, तुला र मकर राशीको काम बन्ने, तपाईंको दिन कस्तो ?

बिहिबार, २९ चैत्र २०८०

बिहिबार, २९ चैत्र २०८०

आज मिति विं.सं. २०८० चैत २९ गते बिहीबार । सन् २०२४ अप्रिल ११ तारिख । आज नेपालमा सूर्योदय बिहान ५ः४३ बजे भयो भने सूर्यास्त साँझ ६ः२६ बजे हुनेछ । अब सुरु गरौँ राशिफलः



मेष

रोकिएको काम छ भने पुनः प्रयास गर्दा सफलता मिल्ने समय छ । नयाँ योजना बन्नेछन्, पुरानो समस्या सुल्झाउन सकिनेछ । ढिलासुस्तीले काम बिग्रनुका साथै हातमा आएको मौका समेत गुम्न सक्छ । स्थायी सम्पत्तिमा विवाद आउनसक्ने योग छ, सचेत रहनुहोला । लगानी र खर्च बढे पनि कठोर मिहिनेतले काम बन्नेछ ।

बृष

विभिन्न अवसरले पछ्याउने समय छ । रमाइलो जमघटका बीच खानपानको आनन्द प्राप्त हुनेछ । व्यवसायमा भने लक्ष्यअनुसारको उपलब्धि प्राप्त नहुन सक्छ । स्वास्थ्यमा सामान्य कमजोरी रहला । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई बिस्तारै सुधार गर्न सकिनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान प्राप्त होला । रसरागमा आकर्षण रहनेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन

खर्च लागे पनि दिगो आयस्रोत जुटाउन सकिने समय छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ नजिकिनेछन् । स्वास्थ्यको लागि आजको दिन खानपानमा विशेष सावधानी अपनाउनुहोला । सकारात्मक कर्ममा आकर्षण बढ्नेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । यात्रागत कार्य सफल हुनेछ ।

कर्कट

विद्यामा कमजोरी र लेनदेनमा विवाद हुन सक्छ, सावधान रहनुहोला । बाध्यताले अनावश्यक अलमल बढाउन सक्छ । स्वास्थ्यगत समस्याले पनि सताउन सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका मिल्ने योग रहेकोले अर्काको भर नपर्नु नै हितकर होला । समयमा होश नपुग्नाले अनावश्यक खर्च हुन सक्छ । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । खर्चको तुलनामा कममात्र फाइदा हुने समय छ ।

सिंह

आजको दिन रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको आनन्द पाइएला । रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । अभिप्रेरणा जगाउनेहरू पनि प्रशस्तै भेटिनेछन् । व्यावसायिक आम्दानी बढ्नेछ भने पछिसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । प्रतिष्पर्धीहरू सक्रिय रहेपनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । आरोग्यता रहनेछ ।

कन्या

बोलीको कारणले केही समस्या उब्जिए पनि सहयोगीहरूले फाइदा दिलाउनेछन् । टाढाको यात्राको संभावना छ । अध्ययनमा समय दिन नसकिएला । लेनदेनको विवादले हानी पुऱ्याउन सक्छ, सावधान रहनुहोस् । स्वास्थ्यप्रति पनि आजको दिन विशेष ख्याल राख्नु हितकर हुनेछ । आरोग्यता बढ्ला । साथीभाइको सहयोग प्राप्त गर्नु हुनेछ ।

तुला

नाम, दाम र इनाम कमाउने समय छ । सोचेको काम विस्तारै बन्नेछ । स्वास्थ्य भने सामान्य रूपले कमजोर रहला । कतिपय काम स्थगित हुनाले मन खिन्न भए पनि सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने योग छ । लगनशील बन्ने प्रयत्न गर्नु हितकर हुनेछ । धन सम्पदामा बढोत्तरी हुनेछ । समस्याको समाधान मिल्नेछ ।

बृश्चिक

प्रतिष्ठित कामको जिम्मेवारी मिल्ने समय छ । भूमि वा पैत्रिक सम्पत्तिमा भने विवाद आउन सक्छ । घरेलु समस्याले काममा सामान्य बाधा दिन सक्छ, सावधनीपूर्वक काम गर्नुहोला । अर्थ अभावले योजना स्थगित हुन सक्ने योग छ । प्रेमभाव बढ्नेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त गर्नुहुनेछ । प्रेमभाव बढ्नेछ ।

धनु

व्यस्तता बढ्नेछ । व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन् । केही समस्या निम्तिए पनि इच्छाशक्ति एवं मेहनतले फाइदा नै दिलाउनेछ । प्रतिस्पर्धाको दौडमा विजयी बन्ने योग छ । उद्योग९व्यापारमा विशेष फाइदा हुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला । दाम्पत्यसुख बढ्नेछ । योजना र बजेट बनाएरमात्र कारोबार गर्नुहोला ।

मकर

रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ । दाम, इनाम र प्रतिष्ठको योग छ । रुपैयापैसाको कारोबार हुने देखिन्छ । सहयोगीहरूले राम्रै साथ दिनेछन् । पराक्रम बढ्नेछ । इष्टमित्र एवम् सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । सम्पत्ति बढ्नेछ । नियमकानूनले साथ दिनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ

मेहनतले धेरैको विश्वास जित्न सकिनेछ । अरूको दबाबमा परिए पनि कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्नेछ । सोचेको काम सजिलै सम्पादन हुनाले मन प्रसन्न रहला । प्रियपात्रसँग भेटघाट हुनुका साथै दिन रमाइलो बन्नेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मीन

कर्ममा विश्वास गरेर अघि बढ्दा फाइदा हुनेछ । आम्दानी बढ्नुका साथै ठूलो काम सम्पादन हुन सक्छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । अर्थ अभावले चिताएको काम रोकिने सम्भावना छ । आरोग्यता रहला । मिठो भोजन प्राप्त हुनेछ । समस्याको समाधान मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट