पुलको उद्घाटन गर्न चितवन पुगे राष्ट्रपति-Sutra News

पुलको उद्घाटन गर्न चितवन पुगे राष्ट्रपति

शनिबार, १७ चैत्र २०८०

शनिबार, १७ चैत्र २०८०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल चितवन पुगेका छन् । भरतपुर महानगर १ ठिमुरा र तनहुँको देवघाट गाउँपालिका ५ घिन्टार जोड्ने मोटर गुड्ने पुलको उद्घाटन गर्न उनी चितवन पुगेका हुन् ।



पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष टंकनाथ पौडेलका अनुसार राष्ट्रपति पौडेलले पुल उद्घाटनसँगै तनहुँको देवघाटमा रहेको गलेश्वर आश्रममको ज्येष्ठ नागरिक भवनकोसमेत शिलन्यास गर्ने कार्यक्रम छ ।

विं.सं. २०७१ कात्तिक २० गते शिलन्यास भएको सो पुलको निर्माणमा २१ करोड ६८ लाख आठ हजार खर्च भएको डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशप्रसाद पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट