टस जितेर नेपालले रोज्यो फिल्डिङ-Sutra News

टस जितेर नेपालले रोज्यो फिल्डिङ

शनिबार, १७ चैत्र २०८०

शनिबार, १७ चैत्र २०८०

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा दोस्रो टी २० शृंखलाअन्तर्गत नेपाल ‘ए’ ले आयरल्याण्ड वल्भ्सविरुद्धको खेलमा टस जितेको छ । खेलमा नेपालका कप्तान विनोद भण्डारीले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय गरेका छन् ।



नेपालले टोलीमा दुई परिवर्तन गरेको छ । पवन सर्राफ र विपिन खत्री टोलीमा आउँदा हेमन्त धामी र अर्जुन घर्ती बेञ्चमा छन् । शुक्रबार पहिलो टी २० खेलमा नेपाल २१ रनले पराजित भएको थियो ।

आयरल्याण्डले दिएको २२३ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभर ३ बलमा २०१ रनमा समेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट