कला क्षेत्रमा चरम विभेद, वर्षा राउत भन्छिन्– महिला कलाकारलाई यूज मात्रै गरिन्छ-Sutra News

कला क्षेत्रमा चरम विभेद, वर्षा राउत भन्छिन्– महिला कलाकारलाई यूज मात्रै गरिन्छ

बिहिबार, १५ चैत्र २०८०

बिहिबार, १५ चैत्र २०८०

काठमाडौं । सामान्यतया नेपाली फिल्म क्षेत्रमा अभिनेत्रीले फिल्ममा काम गरे बापत पाउने पारिश्रमिक अभिनेताको भन्दा कम हुने गर्छ । जसले गर्दा बारम्बार यस विषयमा प्रश्न पनि उठ्ने गरेको छ ।



काम लगभग समान नै हुने, अझ गीत, पोस्टर र ग्ल्यामरका कुरा गर्ने हो भने फिल्ममा अभिनेताभन्दा अभिनेत्रीलाई बढी नै एक्सपोज गराइने अनि प्रचारमा पनि उत्तिकै प्रयाेग गरिने गरिन्छ । तर, पर्दामा देखिने तिनै स्टार अभिनेता-अभिनेत्रीको पारिश्रमिकमा भने निकै विभेद छ ।

स्टार भ्यालुअनुसार नै पारिश्रमिक बढ्छ तर, अभिनेताको तुलनामा अभिनेत्रीको पारिश्रमिक निकै कम हुने गरेको छ। अभिनेताले दुई-चार फिल्न खेल्नासाथ आफ्नो पारिश्रमिक तोक्छन्। अभिनेत्रीहरू भने यो मामलामा पछाडि छन्। नेपाली फिल्म क्षेत्रमा अभिनेत्रीहरुलाई अभिनेताको भन्दा निकै नै कम पारिश्रमिक दिने प्रचलन बसेकाे छ ।

यस्तैमा, अभिनेत्री वर्षा राउतले पछिल्लो समय आफूले पाउने गरेको पारिश्रमिकबाट असन्तुष्ट रहेको बताएकी छिन् । ‘नाइँ नभन्नु ल ४’ बाट अभिनयमा डेब्यु गरेकी राउतले हालसम्म १६ वटा फिल्ममा लिड रोड गरेर काम गरेकी छन् । उनै, अभिनेत्री राउतसँग अभिनय गरेका अभिनेताले ५० लाखसम्म पारिश्रमिक पाउँदा  उनले भने १५ लाख पनि नपाउने गरेकाे कुरा सार्वजनिक गरेकी छिन् ।

एक यूट्युब मिडियासँग अन्तर्वार्ता दिने क्रममा राउतले अभिनेताकाे तुलनामा अभिनेत्रीलाई पारिश्रमिकमा चरम विभेद हुने गरेकाे बताइन् । साथै, उनले फिल्म मेकरहरुले हिरोइनलाई प्रमोसनको लागि मात्रै यूज गर्ने गरेको आरोप लागाएकी छन् ।

‘हिरोले ५० लाख पाउँदा हिरोइनले १५ लाख जति पनि नपाउने अवस्था छ’, संवादकाे क्रममा उनले भनेकी छिन्, ‘हो म विपिन कार्कीको जस्तो राम्रो अभिनय गर्न नसकुँला तर, विपिन कार्कीले ५० लाख पाउँदा मैले १५ लाख जति पाउने मेरो नि अधिकार हुन्छ । तर, हामी महिला कलाकारलाई दिइँदैन ।’

प्रमोसनको लागि चाहिँ महिला कलाकारलाई धेरै दौडाउने र त्यहीअनुसार गेटअप गर्न पनि लगाउने । यसरी हेर्दा पुरुष कलाकारको तुलनामा महिला कलाकारको ज्यादा खर्च हुन्छ । तर, महिला कलाकारलाई नै कम पारिश्रमिक दिने गरेको भन्दै आगामी दिनमा आफू यसको लागि आवाज उठाउने र अडान राउतले व्यक्त गरेकी छिन् ।

सोही मिडियासँगको अन्तर्वार्ता दिने क्रममा अभिनेता विपिन कार्कीले हाम्रो नेपालमा विशेषगरी पुरुष प्रधान फिल्म नै धेरै बन्ने भएकाले मुख्य पात्रमा पनि पुरुषलाई नै राखिने र पारिश्रमिक पनि पुरुषलाई नै धेरै दिइने गरेको भन्दै निर्माण पक्षकाे बचाउ गरेका छन् । महिलाहरूले आफ्नाे पारिश्रमिक नताेक्दा पनि केही पारिश्रमिकमा कम भएकाे हुनसक्ने कार्कीकाे भनाइ छ ।

यतिबेला अभिनेता विपिन र अभिनेत्री वर्षा फिल्म ‘महाजात्रा’का कारण निकै चर्चामा छन् । चैत्र ९ गतेदेखि प्रदर्शनमा आएको यो फिल्मले बक्स अफिसमा सुखद कमाई गरिरहेको छ । योसँगै फिल्मका टिम, विपिन र वर्षा दर्शक साक्षात्कार र हल भ्रमणमा व्यस्त देख्न्छिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट