दाेस्राे पटक क्षयराेग भइहाल्याे भने के गर्ने ?-Sutra News

दाेस्राे पटक क्षयराेग भइहाल्याे भने के गर्ने ?

बिहिबार, १५ चैत्र २०८०

बिहिबार, १५ चैत्र २०८०

क्षयरोगका बिरामीको संख्या हरेक वर्ष घट्दै गएको भए पनि विश्वमा सबैभन्दा बढी खतरनाक राेगकाे रूपमा क्षयरोगलाई लिइन्छ । हुन पनि आज यस रोगका कारण वर्षेनी लाखौं मानिसको मृत्यु हुने गरेको छ । डब्लुएचओका अनुसार हरेक वर्ष विश्वभर २२ लाख मानिस क्षयरोगको सिकार हुन्छन् । जसमध्ये १८ लाखभन्दा बढीको मृत्यु हुन्छ ।



यस तथ्याङ्कले देखाउँछ कि उपचारपछि पनि, क्षयरोग एक खतरनाक रोग हो। धेरै बिरामीहरूमा, क्षयरोग पूर्ण उपचारपछि पनि फेरि फर्कन सक्छ । जान्नुहोस यस्तो हुनुको कारण र यसबाट बच्न के गर्ने ?

क्षयराेग किन हुन्छ ?

क्षयरोग माइकोब्याक्टेरियम ट्युबरकुलोसिसको कारणले हुन्छ। बिरामीले पर्याप्त उपचार पाएपछि पनि यो रोग घातक रहन्छ। यसको सबैभन्दा ठूलो कारण भनेको क्षयरोगका लक्षणहरूबारे अधिकांश मानिसहरू अनभिज्ञ हुनु हो। शरीरमा यो रोग गम्भीर बन्दै गएपछि मात्र बिरामी डाक्टरकहाँ जान्छन् ।

धेरै अवस्थामा, पूर्ण उपचारपछि पनि यो रोग फेरि दोहोरिने गर्छ। यस्तो अवस्थामा डाक्टरलाई बिरामीको ज्यान बचाउन गाह्रो हुन्छ ।

क्षयराेग रोग किन दोहोरिन्छ ?

कारण १- बिरामीमा क्षयरोग पत्ता लागेमा औषधिद्वारा उपचार गर्ने चिकित्सकहरू बताउँछन् । क्षयरोगको स्टेजअनुसार बिरामीलाई उपचार गरिन्छ। कतिपय बिरामीले औषधिको ताेकिएकाे मात्रा पूरा गर्दैनन्। यस्तो अवस्थामा सुरुमा क्षयरोगबाट आराम मिल्छ तर, केही समयपछि यो रोग दोहोरिने गर्छ ।

कारण २- क्षयराेग दोहोरिनुको दोस्रो प्रमुख कारण उपचारको क्रममा केही ब्याक्टेरिया बोन म्यारो कोशिकाहरूमा प्रवेश गर्नु । जसको पहिचान हुन सकेको छैन । उनीहरुमा औषधिले उचित प्रभाव पार्दैन । जब उपचार पूरा हुन्छ र व्यक्ति क्षयरोग मुक्त हुन्छ, यी लुकेका ब्याक्टेरियाहरू केही वर्ष पछि फेरि सक्रिय हुन्छन्।

उपचारपछि पनि क्षयरोग दोहोरिनुको कारण यही हो । क्षयरोग दोहोरिन नदिन मानिसहरूले औषधिको मात्रा पूरा गरी क्षयरोगको उपचार गरेपछि प्रत्येक तीन महिनामा क्षयरोगको परीक्षण गराउनु आवश्यक रहेको चिकित्सकहरू बताउँछन्।

क्षयराेगबाट बच्न के गर्ने ?

क्षयरोगका लक्षणहरूलाई बेवास्ता नगर्नुहोस् । केही लक्षण देखिएका छन् भने तुरून्नै चिकित्सककाे परामर्शमा उपचार गर्नुहाेस् ।

बारम्बार ज्वरो आउनु, लगातार दुइ/तीन हप्ता भन्दा बढी खाेकी लागिरहनु, राति पसिना आउने, तौल घट्नु, खोक्दा रगत निस्कने र श्वासप्रश्वासको समस्या हुने लक्षण यस राेगमा देखिन्छन् ।

क्षयराेगबाट कसरी बच्ने ?

शरीरको प्रतिरक्षा सुधार गर्नुहोस्। आफ्नो आहारमा हरियो फलफूल र तरकारीहरू समावेश गर्नुहोस्। दैनिक व्यायाम गर्नुहोस्। प्रदूषण, धुलो, धुवाँ र दूषित हावा भएको ठाउँबाट टाढा रहनुहोस्।रुघाखोकीसँग सम्बन्धित कुनै समस्या भएमा तुरुन्त चिकित्सकसँग परामर्श लिनुहोस् । एजेन्सीबाट

नाेट : यहाँ जे लेखिएकाे भएपनि चिकित्सकसँगकाे परामर्शमा निर्णय लिन हाम्राे आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट