मधुमेह रोगीलाई लसुन अचुक औषधि-Sutra News

मधुमेह रोगीलाई लसुन अचुक औषधि

बुधबार, १४ चैत्र २०८०

बुधबार, १४ चैत्र २०८०

मधुमेहमा चिनीको मात्रा नियन्त्रण गर्न सबैभन्दा पहिले आफ्नो आहारमा सुधार गर्नैपर्छ । धेरैले चिनीको मात्रा नियन्त्रण गर्न आयुर्वेदिक चिजको सहारा लिन्छन् । आज हामी तपाईलाई केहि आयुर्वेदिक उपायहरु बताउनेछौ, जसको माध्यमबाट मधुमेह रोगीहरुले आफ्नो सुगर लेभल नियन्त्रण गर्न सक्छन् ।



वास्तवमा, लसुनले चिनीको मात्रा मात्र नियन्त्रण गर्दैन, यसले कोलेस्ट्रोललाई पनि नियन्त्रण गर्न काम गर्छ। यदि तपाईलाई चिनीको मात्रा बढेको महसुस भयो भने तपाई दैनिक लसुन खान सक्नुहुन्छ । यो मधुमेह रोगीहरुको लागि धेरै लाभदायक छ।

लसुनमा ग्लाइसेमिक इन्डेक्स हुन्छ। यो मधुमेह रोगीहरुको लागि धेरै लाभदायक छ। मधुमेहका रोगीले लसुन दैनिक खाँदा त्यसमा पाइने औषधीय गुणबाट अथाह फाइदा हुन्छ । यसले रगतमा चिनीको मात्रा नियन्त्रण गर्छ ।

१०० ग्राम लसुनमा ३३ क्यालोरी, ६.६ कार्बोहाइड्रेट, भिटामिन बी६, भिटामिन सी, सोडियम, पोटासियम, म्याग्नेसियम र फस्फोरस पाइन्छ। जुन स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ । यसले प्राकृतिक रूपमा शरीरमा इन्सुलिनको स्तर पनि बढाउँछ।

मधुमेह रोगीले हरेक दिन ३–४ पाेटी लसुन खानुपर्छ । तरकारी वा दालसँग पनि याे खान सकिन्छ । यसबाहेक लसुनलाई सलादमा थपेर पनि खान सकिन्छ । ग्यास, बीपी र मधुमेहका बिरामीले खाली पेटमा लसुन खाँदा धेरै फाइदा हुन्छ । जसका कारण शरीरमा रक्तसञ्चार पनि राम्रो रहन्छ । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट